Headlineआपराध/सुरक्षासमाचारसमाज

सर्लाहीबाट गाँजासहित चारजना पक्राउ

सर्लाही, फागुन १४ गते । सर्लाहीको छुट्टा छुट्टै स्थानबाट लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । सर्लाहीको हरिवनबाट एक महिला र बागमतीबाट तीन किशोरसहित चारजनालाई पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पञ्जियारका अनुसार बागमती नगरपालिका– ११ को भित्री सडकमा आइतबार राति प्रदेश २–०४–००१ प ९५६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा तीन किशोरलाई पाँच किलो २१० ग्राम गाँजासहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा बागमती– १२ का चमारसिंह घिसिङका छोरा १९ वर्षीय निशान घिसिङ, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ६ का दुर्गाबहादुर मोक्तानका छोरा १८ वर्षीय मानव मोक्तान र हरिहरपुरगढी गाउँपालिका– ४ का आशमान लामाका छोरा १९ वर्षीय रुपेश लामा रहेको डिएसपी पंजियारले बताए ।

प्रहरीका अनुसार निशान र मानव मोटरसाइकमा सवार थिए भने रुपेश उनीहरुको समूहका सदस्य हुन् । रुपेशलाई प्रहरीले बागमती– ११ पुतली चोकबाट पक्राउ गरेको हो ।

त्यसैगरी हरिवन नगरपालिका– १० निवासी कुलध्वज घिसिङकी पत्नी ५३ वर्षीया फुलमाया घिसिङलाई पनि गाँजासहित पक्राउ गरिएको छ । आफ्नै घरमा सञ्चालन गरेको किराना पसलबाट गाँजा बिक्री गर्दै आएको आरोपमा पसलबाट कागज र प्लास्टिकमा पुरिया र पोका बनाएर बिक्रीका लागि राखिएको ४६ पुरिया गाँजा (३३५ ग्राम) र ३ लाख ७९ हजार ३२५ रुपैयाँसमेत बरामद डिएसपी पंजियारले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button