Headlineअन्तराष्ट्रियआपराध/सुरक्षापत्रपत्रिकाराष्ट्रियसमाचारसमाज

सर्लाहीमा ड्युटिमा रहेका ट्राफिक प्रहरी जवान माथी छुरा प्रहार

सरोज यादव | माघ १८, सर्लाही | सर्लाहीको नवलपुरमा ड्युटीमा खटिएका प्रहरी जवान प्रमोद महतो माथि आक्रमण भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक मदन थापाले जानकारी दिएअनुसार, शुक्रबार बिहान ७ बजेर १५ मिनेटमा छुरा प्रहार भएको हो ।

टाउको छाती र घाँटीमा चोट लागेर घाइते प्रहरी जवानको वयोधा हस्पिटल बिरगंजमा उपचार पश्चात् थप उपचारका लागि काठमाडौ रेफर गरिएको प्रहरीले जनाएको छ ।

पुर्व पश्चिम् राजमार्ग अन्तर्गत पश्चिम बाट पुर्व तर्फ ना १९ प २५५५ मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदीन देमानले चेकिंगमा खटिएका प्रहरी जवानलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

छुरा प्रहार गर्ने यमामुदीन देमान पक्राउ परिसकेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी नियमित चेकजाचको क्रममा मोटरसाइकलमा आएका देमानलाई रोकेर चेकजाँच गर्ने क्रममा विवाद पछी ट्राफिक प्रहरी जवान महतो माथि आक्रमण गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button