Headlineअन्तराष्ट्रियआपराध/सुरक्षापत्रपत्रिकाराजनीतिराष्ट्रियसमाचारसमाज

मेयरको पहलमा पीडितले फिर्ता पाए सुदखोरले खाइदिएको ४ लाख रुपैयाँ

सर्लाही | सर्लाहीको हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहाका मिटरब्याज पीडित ओकिल मियाँले सुदखोरले खाइदिएको रकम हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीसहितको पहलमा फिर्ता पाएका छन्।

मिटरब्याज विरोधी अभियन्तासमेत रहेका सर्लाहीको हरिवन नगरपालिकाका मेयर बुढाथोकीको पहलमा मियाँले साहुले खाइदिएको आफ्नो रकम फिर्ता पाएका हुन्। उनलाई बिहीबार साहुबाट चार लाख रुपैयाँ फिर्ता गरिएको नेकपा माओवादी केन्द्र हरिपुर नगर समितिका अध्यक्ष सुनिल बुढाथोकीले जानकारी दिए।

करिब सात वर्षअघि सर्लाहीकै कबिलासी नगरपालिका पिपरियाका सुदखोर नागेश्वर साहसँग डेढ लाख रुपैयाँ ऋण लिएका थिए। त्यसबापत त्यतिबेलै उनले साहु साहलाई आफूले बसोबास गरिरहेको घर घडेरी रजिष्टेसन पास गरिदिएका थिए। तर, साहले उक्त जग्गा बेचेर खाइदिएपछि मियाँको परिवार अन्यायमा परेको थियो।

– खबरसेन्टर वाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button