Headlineअन्तराष्ट्रियआपराध/सुरक्षापत्रपत्रिकाराष्ट्रियसमाचारसमाजस्वास्थ्य

सर्लाही दुर्घटना : घाइते भएका एक जनाको मृत्यु, ३ को अवस्था गम्भीर

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका वडा न. ११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सोमबार राती सवारी दुर्घटनामा परी घाइते भएका ११ जनामध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा कार्यालय सहयोगी बिनोद घिमिरे रहेका छन् । अन्य ३ जना घाइतेको अवस्था गम्भीर छ ।

मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको उखु बोकेका ज.२ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी आर ०६ पी डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना भएको हो । घाइते सबैजना सफारीमा सवार थिए ।

रिटेन यादवबाहेक सबै घाइतेहरुलाई प्रदेशिक अस्पताल मलङ्वामा समान्य उपचार पश्चात् थप उपचारका लागि बीरगन्जतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button