Headlineअन्तराष्ट्रियआपराध/सुरक्षापत्रपत्रिकाराजनीतिराष्ट्रियसमाचारसमाज

सर्लाहीमा डाँका पक्रन प्रहरीले चलायो गोली, दुईजना समातिए

सर्लाही । सर्लाहीमा प्रहरीले गोली चलाएको छ । लुटपाटमा आएकाहरुलाई नियन्त्रणमा लिएको तर भाग्न खोजेपछि प्रहरीले घुँडा र तिघ्रामा गोली हानेको हो ।

गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

मोटरसाइकलमा आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि भाग्न खोजेका थिए । उनीविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा विचाराधीन रहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button