Headlineआपराध/सुरक्षापत्रपत्रिकाराष्ट्रियसमाचारसमाज

हरिपुरमा सवारी चेकजाँचको नाममा प्रहरीको अवैध असुली

सर्लाही । प्रहरी संगठनमा सबै राम्रा र असल हुन्छन् भन्ने पनि छैन । त्यहि संगठन भित्र बाटै कसैले संगठन र देशको ईज्जत राख्ने काम गर्छन् भने कसैले संगठनलाई बदनाम बनाउँछन् । यस्तै संगठनलाई बदनाम गराउने मध्य ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक उदय कुमार झा छन् ।

केही पैसाको लोभमा झाले संगठनभित्र मात्र नभए सामाजिक रूपमा पनि तिरस्कृत हुने गरि काम गरिरहेका छन् । यो त एक उदाहारण मात्र हो यस्ता प्रहरी संगठनमा धेरै छन् जसको कारण प्रहरीको जनमासमा बदनाम हुदै गएको छ, जसको साख सर्लाही प्रहरीका केही प्रहरी अधिकृतले जोगाएका छन् ।

सर्लाहीका प्रहरी प्रमुख रबिन्द्र बहादुर सिंह र प्रवक्ता दिपक श्रेष्ठ जस्ता केही प्रहरी अधिकृतका कारण सर्लाही प्रहरीको साख जोगिएको छ ।

प्रसङ्ग हो – हो ईलाका प्रहरी कार्यालय हरिपुर मातहत प्रहरीको । हरिपुर प्रहरी मातहत रहेका ईलाका प्रहरी कार्यालय हरिपुरकै प्रहरीले सर्वसाधारणलाई अनावश्यक दुःख दिएर पैसा असुल्न थालेको स्थानीयले गुनासो गरेका छन् ।

हरिपुरमै कार्यरत प्रहरी नायव निरिक्षक उदय कुमार झा र ट्राफिक प्रहरीका प्रहरी जवान राजाबाबु शाहले सर्वसाधारणलाई दुःख दिन थालेका हुन् । भारत बाट आएका सवारीहरु बाट सबै कागजात हुदाहुदै पनि पैसा कै कारण घण्टौ सम्म रोकिदिने र अनावश्यक दुख दिने गरेको गुनासो आउन थालेको हो ।

नवलपुर मलङ्वा सडक खण्डमा आवतजावत गर्ने व्यक्ति र बाटो ओहोर दोहोर गर्ने स्थानीयलाई हरिपुर र गैरको बिचमा चेकपोष्ट खडा गरी चेकिङको नाममा दुःख दिने गरेको स्रोत बाताउँछ ।

कागजपत्र ठीक भए पनि जाँचमा खटेका प्रहरीले रकम असुली कार्यमा लागेको हरिवन निवासी हिरालाल श्रेष्ठको पनि गुनसो थियो । आफूले प्रहरीले बोले अनुसारको जवाफ दिएकाले बलतल्ल प्रहरीले छोडेको उनको भनाइ थियो ।

यसैगरी जाँचका क्रममा खटेका प्रहरीले दुई दिनअघि मात्र कागजपत्र ठीक भएपछि बिहानको यात्राका लागि बोहनी गराई दिनुस् भनी अनुरोध आएपछि ३० रुपैयाँ दिनु परेको मलंगवा नगरपालिका– १० का बिरेन्द्र महतोले बताए ।

त्यस क्षेत्रमा रहेका अवैध खानीबाट समेत यी दुईले अवैध लाभ लिने गरेको स्रोत बताउँछ । बिगत एक महिना देखि उनिहरूले यस्तो अबैध धन्दा सुरू गरेको त्याहा कार्यारत प्रहरी नै बताउँछन् ।

ईलाका प्रहरी कार्यालय स्थित ट्राफिक प्रहरीका प्रहरी जवान राजा बाबु शाह र प्रहरी नायव निरिक्षक उदय झाको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अवैध रकम असुल्ने गरेको पाइएको हो ।

ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दु:ख दिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अवैध रकम असुल्ने गरेको भारतीय सवारीका एक चालकले आरोप लगाए । उनले भने, ‘महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दु:ख दिने मनसायले गाडीलाई घण्टौँ सडकमा रोकिदिन्छन् ।’

हरिपुरमा तीन पाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यवसायीसँग प्रति सवारी साधन महिनाको १ हजार देखि ३ हजारसम्म महिनावारीकै रुपमा अवैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताएका छन् ।

सई झाले बरामद घरेलु मदिरा समेत पैसा दिए छाड्ने, नष्ट नगरी कार्यालयमा लिएर जाने गरेको स्थानीयको गुनासो छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button