जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुवास यादव पुरष्कृत
सरोज यादव । आश्विन २९, सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुवास यादव पुरष्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्साल काठामान्डौंमा आयोजित ६९ औं प्रहरी दिवसको अवसरमा उनलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरष्कृत गरेका हुन् ।
नेपाल प्रहरीको जिम्मेवार भित्र पर्ने महिला बालबालिका सम्बन्धिको अपराधको वस्तुनिष्ट, बैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान पुर्याएको भन्दै ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा उनलाई “उत्कृष्ट महिला बालबालिका सम्बन्धि अपराध अनुसन्धानकर्ता” प्रहरी पुरस्कार प्रदान गरिएको हो ।
प्रहरी दिवसको अवसरमा मधेश प्रदेश भरिमा प्रहरी नायब निरीक्षक सुवास यादव मात्र पुरष्कृत भएका छन् । यादव जिल्ला प्रहरी कार्यालय सर्लाहीको महिला सेलमा कार्यरत छन् ।
विभिन्न बिदामा एसपी देखि लिएर जवान सम्म जम्मा २६ जना पुरष्कृत भएका हुन् ।
यादवलाई नेपाल प्रहरीको आईजीपी वसन्त बहादुर कुवरले पुरष्कृत गर्दै उज्वल भविष्यको कामना व्यक्त गर्नु भएको थियो ।