सिमा सुरक्षा गुल्म मलंगवाका डिएसपी बिदा बसेको समयमा प्रहरी निरीक्षक तामाङलाई दशैँ, घुमुवा परिचालन गरि तस्कर संग असुली
उनले सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे. क्वा गण सर्लाहीका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिनोद राज खनालको नाममा समेत कमिसन असुल्ने गरेका पाइएको छ ।
सर्लाही – सिमा सुरक्षा गुल्म मलंगवाका प्रहरी प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक उज्वल लामिछाने घरविदामा बसेको समयमा सशस्त्र प्रहरी निरिक्षक सुक बहादुर तामाङलाई दशैँ आएको छ । सिमा सुरक्षा गुल्म मलंगवाका डिएसपी लामिछाने विदामा बसेको समयमा सशस्त्र प्रहरी निरिक्षक तामांगले दूईवटा घुमुवा परिचालन गरेर राम्रो कमिसन असुल्ने गरेका पाइएको हो ।
प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका सशस्त्र प्रहरी नायव उपरिक्षक एक साता अघि मात्रै घर बिदा गएका हुन् । सोहि मौका छोपेर सुक बहादुर तामाङ्ले आफैंले पनि व्यापारीहरु र मातहतका सशस्त्र प्रहरी युनिटहरुसंग कमिसन असुल्ने गरेका छन् ।
उनले सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे. क्वा गण सर्लाहीका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिनोद राज खनालको नाममा समेत कमिसन असुल्ने गरेका पाइएको छ ।
सशस्त्र प्रहरी निरिक्षक तामाङले प्रहरी जवान मुकेश यादव, प्रहरी सहायक निरीक्षक प्रदिप चौधरीलाई प्रयोग गरि चर्को कमिसन असुल्ने गरेका एक सशस्त्र प्रहरी अधिकारीले बताए ।
सो विषयमा बुझ्न सशस्त्र प्रहरी निरिक्षक तामाङलाई फोन गर्दा उनले अफिसमा आएर भेटेर गर्नुस् भन्दै फोनमा कुरा गर्न चाहेनन् । यसबाट पनि उनको कमाण्डमा रहेको सशस्त्र प्रहरीहरुको टिमले चर्को कमिसन असुल्ने गरेको प्रष्ट हुन्छ ।