Headlineअर्थ/ वाणिज्यआपराध/सुरक्षाराष्ट्रियसमाचारसमाज

सर्लाही भन्सार कार्यालय सहयोगी सिकन्दर भन्छनः रिर्पोटिंग गर्न पत्रकारले पनि आफू सँग अनुमति लिनुपर्ने

सर्लाही,३ माघ । सर्लाही भन्सार कार्यालयका सहयोगीले रकम उठाई रहेको विषयमा कोशी टेलिभिजनको टिम सर्लाही भन्सार कार्यालय पुग्दा त्यहाँका कार्यालय प्रमुख डम्बर बहादुर बस्नेतले त्यस्तो कर्मचारी माथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित रहेको सर्लाही भन्सार कार्यालयका एक जना कार्यालय सहयोगी सिकन्दर साह सोनारले भारतीय सिमावर्ती बजार सोनवर्षाबाट घरायसी सामान एक केजी चिनी,दाल ल्याउँदा पनि सर्वसाधारण सँग सय,पचास रुपैयाँ उठाउने गरेको भेटिएको थियो ।

सोही सन्दर्भमा त्यहाँका स्थानीय पत्रकार सरोज कुमार यादवले प्रश्न गर्दा सोनारले माथिको आदेश भन्दै पत्रकार यादवलाई चित्त बुझदो जवाफ मात्र र्फकाएन, बरु रिर्पोटिंग गर्न आफू सँग पत्रकारले पनि अनुमति लिनुपर्ने सम्म पनि भन्न भ्याए ।

एक साता अघि गौर भन्सार कार्यालयबाट काजमा सरुवा भई सर्लाही भन्सार कार्यालय आएका सिकन्दर साह सोनार मलंगवाका स्थानीय वासीन्दा रहेको बुझिएको छ । आफू स्थानीय रहेकाले पनि सिकन्दरले दादागिर गर्ने गरेको एक स्थानीयले बताए ।

कार्यालय सहयोगी सोनार माथि कस्तो कारबाही हुने हो त्यो त अब आउने समयले नै देखाउने छ । सिकन्दरको त्यस क्षेत्रका तस्करहरु सँग पनि राम्रो संगत रहेको बुझिएको छ । गौर भन्सार कार्यालयमा रहदा पनि सिकन्दर बद्नाम नभएको भने होईन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button