वडा कार्यालयबाट रातारात कपाली तमसुक सम्बन्धि दर्ता फाईलसहित बिभिन्न कागज पत्र चोरी
सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ६ को कार्यालयको ढोका फोडेर कागज पत्र चोरी भएको छ। गए राति कार्यालयको ढोका फोडेर विभिन्न कागज पत्रहरु चोरी भएको वडा अध्यक्ष श्यामबाबु साहले जनाकारी दिए। अध्यक्ष साहका अनुसार कार्यालयको ढोकामा लगाएईको तालासहित किला कब्जा नै टुटाएर उक्त सामानहरु चोरी भएको हो।
कार्यालयको ढोका तोडफोड र कागज पत्र राति चोरी भएता पनि बिहान आफूलाई खबर आएको र खबर पाउँनसाथ आफू कार्यालयमा आएको उनले बताए। कार्यालय ब्यबस्थित बनाउँन नसकेका कारण यस्तो घटना घटेको उनले बताए। कार्यालयको ब्यबस्थापनका लागि बिभिन्न पहल गर्दा पनि गाउँपालिकाका अध्यक्षका कारण कुनै कामै हुन् नसकेको उनले बताए।
चोरले कार्यालयमा रहेका कर्मचारीहरुको हाजिरी, दर्ता किताव, चलानी किताव, कपाली तमसुक सम्बन्धि दर्ता फाईल, व्यक्तिगत घटनाको फाईललगायत अन्य कार्यालयमा रहेका थुप्रै कागज पत्र चोरेको वडा सचिव विजय महतोले बताए। साथै उक्त घटनाको सत्य तथ्य पत्ता लगाएर त्यस्तो अनैतिक काम गर्ने जोकोहीलाई पनि कडा भन्दा कडा कारवाही गर्न प्रहरी चौकी सिसौटमा निबेदन दिएको उनले वताए।