अन्तराष्ट्रियआपराध/सुरक्षापत्रपत्रिकाराजनीतिराष्ट्रियविचारसमाचारसमाज

मधेशी आयोगले सशस्त्रलाई भन्यो– ‘सीमामा गरिब जनतालाई दुःख नदिनू’

काठमाडाैँ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नेपाल–भारत सीमामा गरिब जनतालाई अनावश्यक दुःख नदिन सशस्त्र प्रहरीलाई सचेत गराएका छन् ।सोमबार आयोगको कार्यालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग भएको भेटघाटमा अध्यक्ष डा. दत्तले सीमामा देखिएका समस्याहरूलाई लिएर सचेत गराएका हुन् । उनले गरिब जनताले भारतबाट दैनिक गुजाराका लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुःख दिएको गुनासो आयोगमा आएको हुँदा जनतालाई यसरी दुःख दिने काम नगर्न महानिरीक्षक अर्याललाई निर्देशन दिए ।

अध्यक्ष डा. दत्तले मानवअधिकारको संरक्षण सबैको साझा दायित्व रहेकोसमेत स्मरण गराए । यसका साथै, सीमा क्षेत्रबाट हुने लागूऔषध ओसारपसार, मानवतस्करी, चेलीबेटी बेचविखन रोकथाम गर्नका लागि अझै संवेदनशील बन्न पनि महानिरीक्षक अर्याललाई निर्देशन दिएका छन् ।

सीमामा देखा परेका समस्याहरूसँग सम्बन्धित विभिन्न उजुरी आयोगमा आएको हुँदा त्यस्ता समस्याहरूको समाधानार्थ सशस्त्र प्रहरीको भूमिका आवश्यक रहेको पनि छलफलका क्रममा डाक्टर दत्तले बताएका छन् । सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउनसमेत आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेको अध्यक्ष डा. दत्तले बताए ।भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिट्टै आयोगसँग सहकार्य गरी सीमासँग जोडिएका गाउँहरूमा युवा सशक्तीकरणका लागि सिपमूलक तथा सचेतनामूलक कक्षाहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button