आपराध/सुरक्षाराष्ट्रियसमाचारसमाज

पर्साको सिर्सियाबाट खुलेआम तस्करी

बीरगंज । पर्साको सिर्सिया नाकाबाट केही दिन यता व्यापक तस्करी भैरहेको छ । प्रहरीले लाइन दिएपछि यहाँको तस्करी व्यापक रूपमा चलेको स्थानीय व्यापारीहरू बताउँछन् । नेपाल प्रहरी र सीमा सुरक्षा तथा सीमा क्षेत्रबाट हुने अबैध चोरी तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलकै संरक्षणमा पर्साको सिर्सिया नाकाबाट तस्करी बढेको छ । राजनीतिकर्मीहरु चुनावको तयारीमा जुटेको बेला सशस्त्रका बीओपीका हाकिमहरु कमाउनतर्फ लागेका छन् ।
पर्सा प्रहरीमा टेण्डर हालेर थाना चौकी जाने प्रचलन बढ्दै गएको कारण खटिएको ठाउँमा गएपछि तस्करी गराउने धन्दा चलेको छ । त्यसै कारण पनि अहिले सिर्सिया नाकाबाट व्यापक तस्करी धन्दा शुरू भएको छ । अहिले यो नाकाबाट तस्करीको लाइन पाउने तस्करहरूमा कपडाको काम गर्ने बैंजु साह कपडा , अनिल गुप्ता कपडा , किरानाको काम गर्ने ओम प्रकाश , काजुको काम गर्ने जटाधारी , मोविलको काम गर्ने सुरेन्द्र साह र रजनीगन्धा लगायतका सूर्तिजन्य सामानको काम गर्ने उत्तम तिवारी मुख्य छन् । नेपाल प्रहरीको सेटिङमा तस्करहरूबाट कामको प्रकृति हेरेर एक लाख देखि पाँच लाख सम्म मासिक दिने गरि तस्करीको सेटिङ मिलाएको समेत खुलेको छ । नेपाल प्रहरीले तस्करीको लाइन सशस्त्र प्रहरी बललाई पनि त्यसैगरी मिलाई दिएको व्यापारीहरू बताउँछन् ।सशस्त्र प्रहरीलाई पनि त्यही दररेटमा लाइन मिलाएको खुलेको छ ।
प्रहरीले सानातिना झोलेपोके सीमामा रहेका असहाय महिलाले जीविकोपार्जन गर्न ल्याएको २–४ पिस समान खोस्ने र साइकलमा ल्याउनेहरुको समान समातेर सशस्त्र प्रहरीले तस्करी गरेको सामान पक्राउ गरेको काम देखाउन प्रचार गराउन खोजे पनि संस्थागत तस्करी भने रोकिन सकेको छैन । बीओपीको काम भन्सार छली हुने सामान आयात निर्यात रोक्ने पनि हो । तर, सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट हुने भन्सार छली गर्नेहरूलाई नियन्त्रणमा लिनेभन्दा पनि सेटिङ गरी तस्करीको लाइन चलाउने गरेको स्थानीयको आरोप छ । सशस्त्र प्रहरीको स्थानीय प्रमुखमा अलौ गुल्मका प्रमुख डिएसपी प्रदिप थापा रहेका छन भने नेपाल प्रहरीको सिर्सिया चौकीको प्रमुखमा बरिष्ठ सई टेक बहादुर कार्की रहेका छन् । जिल्ला प्रमुख एसपीले कडाई गरे तस्करी हुनै सक्दैन, तस्करीको बारेमा नागरिकले सशस्त्रलाई सूचना दिंदा गाडीको टायर पन्चर भएको छ भनेर भन्ने गरेको गुनासो सुनिन्छ ।
यसरी अवैध रुपमा ठूलो मात्रामा नेपालबाट दैनिक लाखौँ लाख मूल्य बराबरको चीनमा बनाइएको युनिलिभर उल्लेख गरिएका नक्कली फेयर एण्ड लब्ली, क्लोजअप दन्तमन्जन जस्ता कस्मेटिक सामान, पेट्रोलियम पदार्थ, नेपाली मदिरा, कबाडी, लागूऔषध गाँजा नेपालबाट भारततर्फ तस्करी गर्न छुट दिएका छन् ।भारतका विभिन्न बजारहरुबाट राजस्व छली गरेर लत्ताकपडा, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, माछा, कम्प्युटर तथा गाडीका पार्टपूर्जा, पशुचौपाया, मोटरपार्टस्, भाँडा, सुर्र्तीजन्य पदार्थ, सौन्दर्य प्रशाधन सिमेन्ट, चिनीलगायतका सामानहरू भित्र्याउने काम गरे पनि यसलाई सशस्त्र प्रहरीले नै संरक्षण गरिरहेको तथ्य खुलेको छ ।सिर्सियाबाट सशस्त्र प्रहरीको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा हरेन्द्र पटेल, धुरेन्द्र, दिनेश, वकिल, झुनझुन, माष्टर, इस्लाम, बबन, सलमान, ललिता, अम्बे, बक्सिस, इन्दु, मन्जु समूह, राम्बा समूह, बेचु समूह, शिला समूह र मिला समूह रहेका छन् ।तस्करी हुने सामानहरूमा कपडा बढी मात्रामा हुने गरेको छ भने अन्य सामान तस्करी पनि यो नाकाबाट हँुदै आएको छ । तस्करहरुले बीओपी प्रमुख देखि गणपति सम्मलाई नजराना बुझाएका कारण प्रहरीकै अगाडिबाट चोरी तस्करी भन्सार छलीका सामानहरु ओहोरदोहोर गरिरहेको भएता पनि प्रहरी भने मूकदर्शक बनेको स्थानीयले बताएका छन् । तस्करहरुका समूहले सशस्त्र प्रहरीकै सहयोगमा भारतबाट अबैध रुपमा भन्सार छलेर भित्र्याएका समानमध्ये थोरै समानको भन्सार तिरी ट्रक र पिकअपमा बढी समान हालेर नेपालका बिभिन शहर पठाउने गर्छन् । त्यसरी सशस्त्रको बीओपीबाट पार भएको सामान नेपाल प्रहरीले धमाधम पक्राउ गरेकोबाट प्रमाणित हुन्छ । सशस्त्र प्रहरीले प्रत्येक व्यापारीमार्फत् भन्सार छली गराएबापत मासिक लाखौं रकम दर नै तोकेर लिने गरेका कारण कसैले तस्करीमा अबरोध नगरेकै कारण बरामद भयो । सशस्त्र प्रहरी सिमानाकामा नै छ तर कसरी भित्रिन्छ ट्रकका ट्रक कपडादेखि अनय समानहरु ? झोलेपोकेलाई समातेर दुब्यर्वहार गर्ने तर ठूला तस्करलाई छुट दिने कार्य सशस्त्रका बीओपीका इन्चार्जहरुले गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button