आपराध/सुरक्षा

७ हजार घुस सहित वन कार्यालयका कर्मचारी अख्तियारको नियन्त्रणमा

बाँके । घुस सहित सव डिभिजन वन कार्यालय बाँकेका एक कर्मचारी पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।काठ चिरानका लागि सिफारिस गरिदिने भनेर उनले सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिएका थिए ।
अख्तियारको टोलीले बिहीवार उनीसँग घुस रकम र स्रोत नखुलेको थप ४५ हजार ९७५ गरी कुल ५२ हजार ९७५ रूपैयाँसहित पक्राउ गरेको हो ।यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button