Headlineअन्तराष्ट्रियआपराध/सुरक्षाराजनीतिराष्ट्रियसमाचारसमाज

१९ हजार किलो प्याज प्रहरीको नियन्त्रणमा

महोत्तरी । भारतबाट भन्सार छली गरेर ल्याएको १९ हजार किलोभन्दा बढी प्याज महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।बर्दिबास नगरपालिका– ३ स्थित विपी राजमार्गमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा इलाका प्रहरी कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले प्याज र २ सय बोरा सिमेन्ट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले २ वटा बोलेरो र ४ वटा ट्रकमा अवैध रुपमा भन्सार गरी लैजाँदै गरेको अवस्थामा प्याज र सिमेन्ट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।सामान सहित गाडीलाई कारवाहीको लागि राजस्व अनुसन्धान कार्याल पथलैया, बारा पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button