अन्तराष्ट्रियआपराध/सुरक्षासमाचारसमाज

दुर्गामाथि मुक्का : ओली ‘कनेक्सन’

काठमाडौं । अभियान्ता दुर्गा प्रसाईँ कुनै बेला माओवादी कार्यकर्ता हुन् । पछि नेकपा एमाले प्रवेश गरे । तर प्रसाईले एमालेको केन्द्रीय रहँदै पनि राजावादी अभियान चलाएपछि पार्टीबाट कारवाही भोग्नु पर्यो ।त्यसपछि उनी राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ नामक अभियान संचालनतर्फ लागे । उनी हाल यही अभियानको नेतृत्व गरिरहेका छन् । सो अभियानले गणतन्त्र विरोधी गतिविधि गरिरहेको छ ।
उनको यो अभियान झापाबाटै सुरु भएको थियो । पूर्वराज ज्ञानेन्द्र शाहलाई नै उभ्याएर मेची–महाकाली यात्रासमेत गरेका उनी हाल अभियानलाई अझ शसक्त बनाउन लागि परिरहेका छन् । तर उनले आफ्नो अभियानमा पूर्वसहकर्मी र पूर्वआबद्ध दलहरुबाटै अवरोध सामना गरिरहेका छन् । खासगरी उनले नेकपा एमालेबाटै सांगठानीक अवरोध देखि सांघातिक आक्रमण नै व्यहोर्नु परिरहेको छ ।
झापा विर्तामोडस्थित विएण्डसी अस्पतालका संचालक समेत रहेका प्रसाईले माओवादी र एमाले पार्टीको सहारामा विविध क्षेत्रमा लाभ लिए ।
उनी पछि सम्म नै स्वार्थ जता मिल्छ उतै ढल्किँदै आए । उनी माओवादीबाट एमाले प्रवेश गर्नुको पछि पनि स्वार्थ नै जोडिएको थियो । तर पनि एमालेसँग उनको स्वार्थ बाझियो । त्यसपछि प्रसाई कट्टर भएर निस्किए ।
उनी हाल खासगरी गणतान्त्रिक व्यवस्था, बैंक तथा सहकारीप्रति आगो ओकल्दै आएका छन् । जबकी उनैले सहकारीमा करोडौं ऋण तिर्न बाँकी छ ।प्रसाईँ अहिले राजतन्त्रको वकालत र शहकारी पीडितको समस्यालाई मुख्य मुद्धा बनाएर देशैभरी सक्रिय रुपमा अभियान चलाइरहेका छन् । यद्यपि उनको अभियानमा पूर्व पार्टी एमाले कार्यकर्तालाई छिचोल्न सकिरहेका छैनन् ।
उनको विपक्षमा युवासंघ तथा सिंगो एमालेसमेत छ । उनले बिहीबार मात्रै आफ्नो अभियानको दौरानमा बाग्लुङ पुग्दा एक युवकबाट मुक्का भेटे ।
कार्यक्रमको मञ्चमा उक्लँदै गर्दा उनीमाथि स्थानीय रामकान्त गौतमले मुक्का हाने ।
आफूमाथि आक्रमण भएपनि भएपछि प्रसाईँले मुक्का हान्ने गौतम एमालेकै कार्यकर्ता भएको जिकिर गरे । उनले एमाले निकट युवासंघको निर्देशनमा आफूमाथि हातपात भएको प्रतिकृया दिए ।
त्यसअघि बाटै आफ्नो कार्यक्रम विथोल्न युवासंघले राम्रै तयारी गरेको प्रसाईँको दावी छ । तर गौतमले प्रसाईँमाथि किन हातपात गरे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी एमाले कार्यकर्ता हुन् वा होइनन् ।
अनुसन्धानले बताउनेछ । तर प्रसाईँमाथि यो नै पहिलो आक्रमण भने होइन । प्रसाईलाई यसअघि पनि युवासंघ कार्यकर्ताहरुले काठमाडौंमा कालोमसो दलेका थिए । कान्ति पथस्थित होटल प्यागोडामा पत्रकार सम्मेलन गरि केही तस्करहरुको तस्बीर सार्वजनिक गर्ने भनेका प्रसाईमाथि कालोमसो दलियो ।
कालोमसो दलिएपछि प्रसाईँ नेकपा एमालेमाथि अझ चिँढिएका छन् । उनले सार्वजनिक मञ्बाटै एमाले अध्यक्ष केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै गम्भीर आरोप लगाउँदै आएका छन् ।
त्यसपछि ओली पनि प्रसाईँसँग रिसिइवी राख्दै आएका छन् । आरोप लगत्तै प्रधानमन्त्री भेटेर ओलीले प्रसाईँलाई पक्राउ गर्नसमेत आग्रह गरे ।
त्ययता पनि प्रसाई ओलीविरुद्ध कडा आलोचना गर्दै आइरहेका छन् । मुक्का प्रहार हुनु भन्दा एकसाता अघि मात्रै प्रसाईँ ओलीको जन्म जिल्ला तेह्रथुमको आठराई पुगेका थिए । ओलीको जन्मघरमा समेत पुगेर ओलीकै पारामा उनले झ्यालमा तस्बीर खिचे । जन्म घरको झ्यालैबाट उनले ओली र एमालेमाथि तस्करहरु भन्दै टिप्पणी गरेका थिए ।
त्यतिमात्रै होइन प्रसाईँले ओलीकै जन्मस्थान आठराईकै सक्रान्ति बजारमा स्वास्थ्य सिविर आयोजन पनि गरे ।
सो क्रममा पनि प्रसाईँले एमाले र ओलीले केही नगरेको भन्दै सहकारी र बैंको ऋणबाट मुक्ति दिलाउने बताए ।
त्यसको केही दिन लगत्तै बाग्लुङमा प्रसाईँमाथि मुक्का प्रहार हुनुलाई एमाले र ओलीसँग जोडेरसमेत चर्चा भइरहेको छ ।
यसलाई स्वयमं प्रसाईँले समेत सार्वजनिक रुपमा बताइरहेका छन् । तर प्रसाईँमाथि आक्रमण हुनुमा कस्को हात रहेको भन्ने अनुसन्धानले देखाउनेछ ।
यद्यपि कतिपय गतिविधिले सिंगो एमाले प्रसार्ईँको विरुद्ध कम्मर कसेर लागि परेको देखिन्छ । एउटा जिम्मेवार दल एक व्यक्तिविरुद्ध अनावश्य लागि पर्नुले लज्जासपद दृष्य उतारिरहेको छ ।
त्यस्तै स्वार्थ पूरा गर्न जो सुकैसँग घाँटी जोड्ने र स्वार्थ बाझिँदा व्यवस्था नै मान्दिन भन्दै चर्को आलोचना गर्ने प्रसाईँजस्ता पात्रलाई पनि आम नागरिकले चिनिसकेका छन् ।

– नवजनप्रहार बाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button