अर्थ/ वाणिज्य
उजुरी दर्ता गर्न नाै हजार घुस, प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर
लहान । जाहेरी दर्ता गर्न सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।
सेवाग्राहीसँग नौ हजार घुस लिइसकेको अवस्थामा इलाका प्रहरी कार्यालय मिर्चैया, सिराहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) (क) बमोजिम कैद र बिगोबमोजिम जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।