हमो बिचार

नमस्कार,
हजुरलाई रेडियो मलंगवामा स्वागत छ । रेडियो मलंगवा भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा प्रदेश २ को बिच जिल्ला तराई मधेशमा भए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली र नेपाली भाषी हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न, नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण गर्दै बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका कार्यक्रम सहित हामी यहाँ हरुको माझमा छौ । प्रसारणको छोटो अवधिमा यहाँहरु बाट पाएको माया सद्भाव र सहयोग का लागि हार्दिक आभार ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्दछौ ।रेडियो मलंगवा लोकतन्त्र ,सामाजिक न्याय र मानाबधिकार प्रति प्रतिबद्ध छ । भावानामा देश खोज्ने एउटा बिशिस्ट अभियान का लागि आवस्यक गुणस्तरीय कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्न हामी प्रतिबद्ध छौ । यस पुनित कार्यमा यहाहरु बाट पनि निरन्तर साथ र सहयोग को अपेक्षा राखेका छौ । धन्यबाद १
                                                                                         सरोज यादव(प्रबन्ध निर्देशक)

हमो बारेमा

आजको युग सूचना र प्रविधीको युग हो । सूचना र सञ्चारको प्रभावले संसारभरकै जीवनशैलीमा परिवर्तन आईरहेको र समग्र मानवजीवनलाई नै सहज बनाईरहेको कुरा हामी सबैलाई अवगतै छ । सञ्चारकै कारण आज एउटा बन्दकोठाभित्र बसेर विश्वलाई नियाल्न सकिने भएको छ । त्यसकारण धेरै कुरा परिवर्तन गर्नु आवश्यक रहेको हाम्रो समाजमा पनि सकरात्मक परिवर्तन गर्नु अति आवश्यक छ । परिवर्तनको संवाहक के तपाईँ–हामी बन्न सक्दैनौँ ? यही कुरालाइ आत्मसात गर्दै पृथक उद्देश्य बोकेर स्थापना भएको इलेक्ट्रोनिक मिडिया रेडियो मलंगवा हो । छोटो समयमै चर्चा कमाउन सफल भएको छ ।
विशेषगरी विविध रेडियोहरुको भीडमा अन्य रेडियोहरु भन्दा पृथक शैली प्रयोग गरेर जनचेतनामूलक सन्देशहरु आमजनमानसमा प्रवाह गरी पत्रकारिताको माध्यमबाट समुन्नत राष्ट्र निमार्ण गर्ने हाम्रो एजेन्डा हो । देशपरिवेश, अर्थबजार, रङ्गमञ्च, शब्दश्रृङ्गार, खुल्लाविचार, बन्दखामभित्र, आजको पुस्ता, चिनारी, सहयोगको खोजी आदिजस्ता समग्र जनचासोका विषयहरुमा कलम चलाउने यस अनलाईनका विशेषताहरु हुन् । साथै पर्दा पछाडी रहेर राष्ट्रको लागि योगदान दिईरहेका व्यक्तित्वहरुलाई अगाडी उभ्याउने, सहयोगको अभावमा छटपटाईरहेकाहरुलाई सहयोग र सहुलियतसमेत प्रदान गर्ने हाम्रो प्रयास हो ।

 

उद्देश्य स् सत्य तथ्य सूचना प्राप्त गर्न पाउनु सम्पुर्ण नागरिकको नैसर्गिक अधिकार हो । सत्यतथ्य र निष्पक्ष रुपमा सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य हो । समाजलाई पृथक ढंगले परिवर्तन गर्न सकिन्छ भन्ने ध्येयले स्थापना भएको रेडियो मलंगवा ९५.६ मेगाहर्ज समाजमा दबिएका आवाज र आवाजविहीनहरुको आवाजको रुपमा कलम चलाउने र बोल्ने मूल उद्देश्य हो । समाजभित्रभएका समस्यामात्र औँल्याउने हैन कि त्यसको समाधानको बाटो खोज्नु पनि हाम्रो लक्ष्य हो ।
वि.स. २०७५ साल श्रावण १६ गते संचालनमा आएको हो । यो रेडियो एउटा व्यवसायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित कार्यक्रमहरु चल्ने गर्दछन् ।

मुलत स् समृद्धि समाज निमार्णको अभियानसँगै समाज परिवर्तनको संवाहकको रुपमा रही आर्थिक सूचना, आर्थिक समाचार, शिक्षा, स्वास्थ्य, प्रवास, कला, साहित्य क्षेत्रमा पहुँच विस्तार एवं बजार मूल्यको अवस्था आदिमा लक्षित गरी विविध क्षेत्रका गतिविधिलाई उठान गर्ने तथा समृद्धिका बारेमा कलम चलाउने मुख्य उद्देश्य रहेको छ ।

साथै नेपाल सरकारका आर्थिक, सामाजिक सूचनाहरु, आर्थिक नितीनियम एवं आर्थिक गतिविधिहरु, नेपालका सूचना र गतिविधिहरु आदि कुरालाई पनि हामीले समेट्दै आएका छौँ । रेडियो मलंगवालाई अझ विश्वसनिय, स्थायीत्व र मजबुतीको लागि मलंगवा मिडिया प्रालि मार्फत मलंगवा आनलाईन टिभी पनि सञ्चालन हुने तयारि भईरहेको छ । आगामी दिनहरुमा अनलाईन टेलिभिजन र मासिक पत्रिकासमेत चाँडै सञ्चालनमा आउनलागेको समेत अवगत गराउन चाहन्छौँ । यसलाई हामीले अझ विस्तार गर्ने योजनामा अघि बढेका छौँ ।